ad ad

समाज


मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

अस्थायी पुल बगेको स्थान


नेपालखबर
असार १०, २०८१ सोमबार ९:४५, काठमाडौँ

गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा रहेको अस्थायी पुल बगाएको छ। 

मेलम्ची नगरपालिका–११ स्थित फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले जानकारी दिए। 

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। 

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो  अस्थायी पुल जोडेको थियो।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .