समाज


भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक पक्राउ

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक पक्राउ

नेपालखबर
बैशाख ९, २०८१ आइतबार ५:३५, काठमाडौँ

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

शनिबार दिउँसो चाँगुनारायण नगरपालिका ७ भद्रकालीमा बागतमति प्रदेश ०२(०२५ प। १४०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुघटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल खरिपाटीबाट कमलबिनायकतर्फ आउँदै थियो। 

दुर्घटनामा मोटरसाइकको पछाडि सवार ओखलढुङगाको माने भन्ज्याङ गाउँपालिका घर भइ हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका ७
खरिपाटीमा डेरागरी बस्ने वर्ष ४० को रामराज राईको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो। उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो। 

दुर्घटनापछि मोटरसाइकल चालक उदयपुरको गाईघाट घर भई हाल भक्तपुरको खरिपाटी बस्ने २४ वर्षीय अबिन कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .