समाज


काठमाडौँका सडकमा १ हजार २६ वटा ‘स्मार्ट लाइट’ जडान

काठमाडौँका सडकमा १ हजार २६ वटा  ‘स्मार्ट लाइट’ जडान

नेपालखबर
माघ २२, २०८० सोमबार ११:३२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा १ हजार २६ वटा  ‘स्मार्ट लाइट’ जडान गरेको छ।

महानगर क्षेत्रको लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र -बालुवाटार- नक्साल माइतीघर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर- थापाथली -माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल- बौद्ध सडक खण्डमा ९९ वटा नयाँ स्ट्रीट वत्ती जडान गरिएको महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा स्मार्ट लाइट जडान गरिएको जानकारी दिए। फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका दरले बत्ती जडान गरिएको उनले बताए। 

पुराना पोलमा केही बत्ती थप गरिएको छ। ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल पनि थपिएको महानगरले जनाएको छ। यसका लागि १७७ वटा नयाँ पोल थप गरिएका छन्। बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको महानगरले जनाएको छ। 

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गर्न आधुनिक सडक बत्ती जडान गरिएको हो। यसका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य भएको महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad