समाज


गैरआवासीय नेपाली संघको नवौँ सम्मेलन काठमाडौंमा हुने

गैरआवासीय नेपाली संघको नवौँ सम्मेलन काठमाडौंमा हुने

नेपालखबर
असोज २७, २०७६ सोमबार १०:३१,

गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन मंगलबारदेखि राजधानी काठमाण्डौमा हुने भएको छ। संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नवौँ विश्व सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरी २ हाजर ५ सय बढीको सहभागिता रहने संघले जनाएको छ। सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दै छ। ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ।

यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैरआवासिय नेपालीहरु ठगिएको बताएको छ। पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफूहरु ठगिएको बताए। विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उनले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिए। तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उनले गरे। उनले भने, ‘जसरी सर्वसाधरण जनताहरु ठगिन्छन्, त्यसैगरी आज नेपालमा गैरआवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु।’

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गतेसम्म चल्नेछ। सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद्हरु गठन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .