काठमाडौंको कलंकी नागमन्दिरनजिक आज (आइतबार) बिहान ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवक घाइते भएका छन्।
काठमाडौं महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान साढे ५ बजे बा१ज ९१३१ नम्बरको ट्याक्सीले प्रदेश ३, ०२–००५प ४३१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा चन्द्रागिरी नगरपालीका ११ दहचोकका २३ वर्षीय उज्वल लुइँटेल घाइते भइका हुन्। घाइते लुइँटेलको अहिले कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ।
दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया