समाज


फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना

फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना

नेपालखबर
असोज २५, २०७६ शनिबार १२:३४,

 अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना बिरामी भएर अस्पताल भर्ना भएका छन्।

बिरामी भएका मध्ये आधा बिरामीलाई अति सघन कक्ष (आईसीयू) मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन्।

यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ।

केन्द्रका उप निर्देशक अन्ने स्चुचान्तले शुक्रबार दिएको जानकारी अनुसार विरामी मध्ये ५ सय ७३ जनालाई विद्युतीय चुरोटका कारण लाग्ने रोग लागेको छ।

अमेरिकी खाद्य तथा औषधी प्रशासन (एपडीए) ले गरेको सर्वेक्षणमा दैनिक विद्युतीय चुरोटका प्रयोगकर्ताहरुको संख्या ठूलो रहेको देखिएको छ। रासस÷सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .