ad ad

समाज


सम्पादक ढुंगाना गम्भीर घाइते

सम्पादक ढुंगाना गम्भीर घाइते

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ६:४८,

नेपालखबर डटकमका सम्पादक कृष्ण ढुंगाना बिहीबार साँझ सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। काठमाडौं थापाथलीको ब्लुबर्ड कम्प्लेक्सस्थित कार्यालयबाट घर फर्किने क्रममा त्रिपुरेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन्।

राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा राखेर ढुंगानाको उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेका उनको बिहीबार राति शल्यक्रिया गरेर मस्तिष्कमा जमेको रगत निकालिएको छ।

उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार भए पनि खतरामुक्त भने नभइसकेको जनाएका छन्।

ढुंगानालाई त्रिपुरेश्वरको प्रहरी बिटअगाडि जेब्राक्रसबाट बाटो काट्दै गर्दा बा.३३प २३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकलाई थापाथली प्रहरीले नियन्त्रणमा लिएर हाल सिंहदरबार वृत्तमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .