समाज


आफ्नै घरमा लडेर एकको मृत्यु

आफ्नै घरमा लडेर एकको मृत्यु

नेपालखबर
असोज २३, २०७६ बिहिबार ६:३२,

सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैबीच सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट गएराति सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँव रहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।

पक्राउ परेकाबाट रु ७४ हजार ७६० बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए। देवानगञ्ज गाउँपालिका–१ मा विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको अधारमा छापा मार्दा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरी उपरीक्षक पोखरेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad