अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बुधबार राति अर्जेन्टिना र जर्मनीबीच प्रतिस्पर्धात्मक भिडन्त भयो।
पहिलो हाफसम्म जर्मनी अर्जेन्टिनाविरुद्ध २–० ले अगाडि थियो। खेलको १५औं मिनेटमा जर्मनीका सर्ज ग्नब्री र २२ औं मिनेटमा काई हार्भट्जले गोल गरेका थिए।
यद्यपी दोस्रो हाफमा अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्न सफल भयो।
अर्जेन्टिनाका लुकास अलारियोले खेलको ६६औं मिनेटमा गोल गर्दा लुकास ओक्याम्पोसले ८५ औं मिनेटमा बराबरी गोल फर्काए।
यस खेलमा अर्जेन्टिनी स्टार मेस्सी समावेश थिएनन्।

प्रतिक्रिया