समाज


पत्नी र छोरी मारेर बाकस र बोरामा हालिसकेपछि आत्महत्या

पत्नी र छोरी मारेर बाकस र बोरामा हालिसकेपछि आत्महत्या

नेपालखबर
असोज २२, २०७६ बुधबार २:१३,

सुनसरीको इटहरीमा पति, पत्नी र छोरी मृत अवस्थामा भेटिएका छन्।

इटहरी १७ मा दसैंको टिकाकै दिन श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका हुन् उनकी श्रीमती र छोरीको शव बाकस र बोरामा भेटिएका हुन्।

प्रहरकिा अनुसार स्थानीय राकेश शर्मा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् भने उनकी श्रीमती पुनम र छाेरी स्वस्तिकाको शव भेटिएका हुन्।

घरभित्रै टिनको बाकसमा पुनम तथा बोरामा ६ वर्षीया छोरी स्वस्तिकाको शव भेटिएको सुनसरी प्रहरीले जनाएको छ।

पहिले पत्नी र छोरीको हत्या गरेर राकेशले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

लामो समयदेखि राकेश र पुनमबीच घरायसी विवाद भइरहेको स्थानीयले जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .