समाज


कस्मिरमा आतंकवादी आक्रमण, एक प्रहरीसहित १० घाइते

कस्मिरमा आतंकवादी आक्रमण, एक प्रहरीसहित १० घाइते

नेपालखबर
असोज १८, २०७६ शनिबार ९:५२,

भारत प्रशासिक कस्मिरमा शनिबार आतंकवादी आक्रमण भएको छ।

आतंकवादीले कस्मिरस्थित अनन्तनाग जिल्लाको आयुक्त कार्यालय अगाडि बम आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।

उक्त आक्रमणमा परी एक प्रहरी र एक पत्रकारसहित १० जना घाइते भएका छन्।

समाचार संस्था पीटीआइका अनुसार शनिबार बिहान ११ बजे बम आक्रमण भएको थियो।

जम्मु कस्मिर प्रहरीका अनुसार प्रहरीले त्यस क्षेत्रमा आतंकवादीको खोजी सुरुवात गरेको छ। अहिलेसम्म कुनै समूहले घटना लिएको छैन।

करीब दुई महिना अगाडि भारत सरकारले जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएको थियो। त्यसयता त्यहाँ सेनाले सुरक्षा अवस्था कडा बनाएको छ।

अमेरिकाले भारतमा आतंकवादी आक्रमण हुने भनेर सचेत गराएको केही दिनमै कस्मिरमा संदिग्ध आक्रमण भएको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad