ad ad

समाज


नेपालबाट भारततर्फ चाँदी तस्करीः ११ किलो चाँदीसहित पक्रिए भारतीय युवक

नेपालबाट भारततर्फ चाँदी तस्करीः ११ किलो चाँदीसहित पक्रिए भारतीय युवक

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ७:३१,

महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

युवक साह ज१२प ७३३ नंको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गर्दा जलेश्वर नपा–२ स्थित खैराचोकमा खटिएका नेपाल प्रहरीको टोलीले जाँच गर्दा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो। चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .