समाज


ट्राफिक प्रहरीको ‘चालक सम्मान’ कार्यक्रम सुरु

ट्राफिक प्रहरीको ‘चालक सम्मान’ कार्यक्रम सुरु

नेपालखबर
असोज १२, २०७६ आइतबार ८:३३,

ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम पनि सुरु गरेको छ।

ट्राफिक प्रहरीले आइतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो।

चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गर्नु परेको स्पस्ट पारे।

चालकहरुको लापरबाहीका कारण सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको पनि शुभारम्भ गरेको हो। त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे। उनले कुनै पनि यात्रुले आफ्नो ज्यान गुमाउन नपरोस् भनि शुभकामना पनि व्यक्त गरे। प्रहरी महानिरीक्षक खनालले चालक तथा सहचालकहरुले जिम्मेवारीपूर्वक सवारी साधन चलाउन पनि सचेत गराए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नागरिकहरुको सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैं लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर सञ्चालन गरिएको बताए। उनले यस कार्यक्रमले नागरिकको सुरक्षामा पनि महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

ट्राफिक प्रहरीले दशैंको पहिलो दिन आइतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म सञ्चालन हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षित यात्राका लागि चालक तथा सहचालकहरुलाई तनावमा आउने खालको कुनै पनि गतिविधि नगर्न यात्रुहरुलाई पनि आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad