पाँच जनामाथि छुरा प्रहार भए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो। छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएको सिन्ह्वाले जनाएको छ।
जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ।
ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन्।
बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ।
छुरा प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन््।
छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएका छन्।
3
Shares

प्रतिक्रिया