ad ad

समाज


हेटौँडा-कुलेखानी सडकमा चल्न थाले गाडी

हेटौँडा-कुलेखानी सडकमा चल्न थाले गाडी

नेपालखबर
असोज ९, २०७६ बिहिबार ४:८,

हेटौँडा-कुलेखानी सडक खण्ड सञ्चालनमा आएको छ।

यो सडकअन्तर्गत सिस्नेरीमा सडकको स्तरोन्नती गरेपछि बिहीबार बिहानदेखि सडकमा गाडी चल्न थालेका हुन्।

सडक सुचारु भएपछि काठमाडौँ-हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ।

सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो बनाइएको छ।

आज बिहानदेखि सडकमा गाडी चल्न थालेका सस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए।

यसैगरी केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट पनि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालन गरिएको थियो।

हेटौँडा–कुलेखानी सडकखण्डमा दैनिक एक हजारभन्दा बढी टाटासुमो, जिप आवजावत गर्ने गरेको नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .