ad ad

समाज


सशस्त्र प्रहरीद्वारा लाखाैँका अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा लाखाैँका अवैध सामान बरामद

नेपालखबर
असोज ६, २०७६ सोमबार १४:३,

सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ।

बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, मेमोरीकार्ड, भाडावर्तन र चोरीनिकासी गर्न लागिएको मरिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अम्मरबहादुर खत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमकुमरा भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले असोज ६ गते करीब दुई लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट बरामद गरेको हो। बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ।

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने स्थानबाट एपीएफ टोलीले असोज ६ गते करीव एक लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले दुई वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाटखटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ। 

यता, धनुषा जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ। ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ। बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार
कार्यालय धनुषामा बुझाएको छ। उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .