समाज


अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रधानाध्यापकहरुलाई नेतृत्व प्रशिक्षण

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रधानाध्यापकहरुलाई नेतृत्व प्रशिक्षण

नेपालखबर
असोज ६, २०७६ सोमबार १३:४०,

अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालयका प्रधानाध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय अक्सफोर्ड प्रेस विश्वविद्यालय ‘ओयूपी’ ले आइतबार काठमाडौंको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि पहिलोपल्ट यस्तो प्रकारको अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा देशभरका अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागी रहेको थियो।

यस अन्तरक्रिया कार्यक्रम मुख्यतः शिक्षामा ‘नेतृत्वसँगै भावनात्मक बौद्धिकता’ विकासको लागि केन्द्रित थियो। कार्यक्रम सञ्चालक प्रख्यात डा एस. नीलकण्ठले प्रधानाध्यापकहरुको लागि प्रभावकारी नेतृत्वको के महत्व रहन्छ र यसमा कसरी विद्यार्थी संग अन्तरक्रिया गर्ने भन्ने कुरामा जोड दिएका थिए।

तलिमको बारेमा कुरा गर्दैं, चन्दबाग विद्यालयका भुषण गुरुङले भने, ‘यो एक व्यवहारिक कार्यक्रम हो। आजको अन्तरक्रिया कार्यक्रम उपयुक्त नेतृत्वको लागि भावनात्मक शक्तिको महत्व कत्तिको छ भन्ने बारेमा हो, यसले हामीलाई नेतृत्वमा ‘ईक्यू’ को सर्वाेपरि महत्व हुने कुरा दर्शाएको छ।’

डीएभी स्कुलका प्रधानाध्यापक सुश्री भुवनेश्वरी रावले भनिन्, ‘हरेक सफलताको कथानै, त्यसको अनुकुलता, सुधार र परिवर्तन हो।’

डा. एस नीलकण्ठ मनोविज्ञ प्रशिक्षक, फ्रीलेन्स प्रशिक्षक, परामर्शदाता हुन् र उनले एनटीपीसी, भारतीय कोस्ट गार्ड, रक्षा मन्त्रालय जस्ता प्रतिष्ठित संस्थाहरुमा अधिकृतको रुपमा काम गरि धेरै निजी कर्पाेरेटसमा प्रमुख पदहरुमा कार्यरत भई ३४ वर्ष भन्दा लामो अनुभव बटुलेका छन्। साथै उनले प्राधानाध्यापक, शिक्षकहरु, विद्यार्थी एवं अभिभावकहरुको लागि नियमित रुपमा नेतृत्वको तालिम सञ्चालन गरेका छन्।

अक्सफोर्ड विश्वविद्यालय प्रेस, अक्सफोर्ड विश्वविद्यालयको एक अंश हो। यसको थप उद्देश्य अनुसन्धानमा उत्कृष्ट, छात्रवृति र शिक्षामा अझ उपयुक्त बनाइ विश्वव्यापी रुपमा प्रकाशन गर्ने रहेको छ।

ओयूपी’ विश्वको सबैभन्दा ठुलो विश्वविद्यालय प्रेस हो। यसले हालै शिक्षा, सन्दर्भ र शैक्षिक प्रकाशन गरेको छ र यसको कार्यालय ६० वटा देशहरुमा, लगभग ६,००० ले रोजगार पाएका छन्। यसको विविध प्रकाशन कार्यक्रममा जस्तैः शैक्षिक अनुशासन विषय अन्तर्गत उपयुक्त कार्यहरु, स्कुल, क्याम्पसका पाठ्यपुस्तकहरु, बच्चाहरुको पुस्तकहरु, अंग्रेजी पाठ्यको लागि शब्दकोश, सन्दर्भ सामाग्रीहरु र शैक्षिक पत्रिकाहरु संलग्न गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad