ad ad

समाज


गोरखामा हतियारसहित एक पक्राउ

गोरखामा हतियारसहित एक पक्राउ

नेपालखबर
असोज ६, २०७६ सोमबार ९:२३,

शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए।

भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उनले बताए। गुरुङमाथि आजै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए।

गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो। गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .