समाज


दाङमा संविधानको विरोध गर्ने ६ जना पक्राउ

दाङमा संविधानको विरोध गर्ने ६ जना पक्राउ

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ११:२३,

संविधान दिवसकै दिन कालोपट्टी बाधेर संविधानको विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

दाङको लमहीमा शुक्रबार कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुको परिचय नख्लाइएको भए पनि उनीहरु थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको छ।

 वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले ६ जनालाई पक्राउ गरेको पुष्टि गरे। उनले पक्राउ परेका ६ जनामाथि नै अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .