नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ।
प्राधिकरणको बिहीबार काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले स्विकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो। कूल ४६ अर्व ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्व ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्व ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
प्राधिकरणले ६ अर्व ३९ करोड रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिब २२ अर्व ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताए।
प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत बढि आम्दानी भएको पनि जनाएको छ।
Shares
प्रतिक्रिया