ad ad

समाज


चार दिनदेखि लुक्लामै रोकिए तीन सय पर्यटक

चार दिनदेखि लुक्लामै रोकिए तीन सय पर्यटक

नेपालखबर
भदौ ३०, २०७६ सोमबार २:४२,

सोलुखुम्बुको लुक्लामा करिब तीन सय पर्यटक अलपत्र परेका छन्।

मौसम प्रतिकुलताका कारण हवाई उडान नहुँदा सयौँ पर्यटक तीन चार दिनदेखि लुक्लामा राेकिएका हुन्।

लुक्लामा गएको सोमबारदेखि नियमति उठान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए।

मौसम प्रतिकुल हुँदा सोलुखुम्बुबाट काठमाडौँ फर्कने पर्यटक अलपत्र परेका हुन्।

शुक्रबार २० ओटा उडान तालिका थियो। तर कुनै पनि उडान हुन सकेन।

शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भएका थिए। आइतबार कनै पनि उडान नभएको अधिकारीले बताए।

लुक्ला क्षेत्रमा विगत चारदिनदेखि बाक्लो कुहिरो लागिरहेको छ।

धेरै दिनदेखि सोलुखुम्बुमै रोकिनुपर्दा धेरै पर्यटकलाई खान बस्नको समेत समस्या छ।

निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन्। सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन्।

खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ। एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करीब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ।

विमानस्थलमा हवाइजहाज नहुँदा हेलिकप्टर प्रयोग गर्न सकिन्छ। तर बाक्लो हुस्सुका कारण हेलिकप्टर पनि चल्ने अबस्था नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र हो। त्यसैले यो मौसममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला जाने पर्यटकको चाप अत्यधिक हुन्छ।

सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .