प्रहरीले काठमाडौँको नागढुंगाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
आइतबार महानगरीय प्रहरी प्रभाग नागढुंगाले ४७.७ ग्राम लागुऔषध ब्राउनसुगर इलामका कञ्चन प्रधानलाई पक्राउ गरेको हो।
काकरभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ ख १०५५ नम्बरको यात्रुबाहक सवारी साधन चेकजाँच चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकजाँचका क्रममा प्रहरीले लुकाइछिपाई ल्याएको सो परिणामको ब्राउनसुगरहित घिमिरेलाई पक्राउ गरेको छ।
यसैगरी महानगरीय प्रहरी प्रभाग कपनले आइतबार साँझ बुढानिलकण्ठ नगरपालिका १२ मिलन चोकबाट लागुऔषधसहित सुनिल थपलियालाई पक्राउ गरेको छ।
बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने थपलियाको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाईजेपाम गरि ११ एम्पुल बरामद गरेको छ।
दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया