झापाका दुई स्थानमा बम विस्फोट भएका छन्। विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृतको गाडी र सहकारी भवनमा क्षति पुगेको छ।
प्रहरीका अनुसार आइतरबा राति गराइएको विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्र चढ्ने बा २ झ २५७० नम्बरको स्कारपियो गाडी गाडीमा ठूलो क्षति पुगेको हो।
राति साढे १२ बजे गौरादह-३ धोवनिया चोकस्थित निवासअगाडी पार्किङ गरी राखिएको उक्त गाडीमा बम विस्फोट गराइएको हो।
यस्तै यसअघि राति साढे ११ बजे बिर्तामोड-२ चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनमा बम विस्फोट गराइएकाे प्रहरीले जानकारी दिएकाे छ।
भवनको भुई तलाको ढोकामा गराइएकाे विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया