समाज


लागुऔषध र हतियारसहित पक्राउ

लागुऔषध र हतियारसहित पक्राउ

नेपालखबर
भदौ २२, २०७६ आइतबार १४:१४,

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सवारीसाधन जाँचका क्रममा बा ७९ प २७४१ नम्बरको स्कुटरमा आएका दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा गोर्खाको सिरानचोक–२ स्थाई घर भई हाल भक्तपुरको बालकोट बस्ने २१ वर्षीय सुरथ थापा र २० वर्षीय कविराम पसखल रहेका छन्। उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेटसहित धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .