ad ad

समाज


वीरगन्जमा विद्यालय जाँदै गरेकी छात्रालाई एसिड छ्यापियो, अवस्था गम्भीर

वीरगन्जमा विद्यालय जाँदै गरेकी छात्रालाई एसिड छ्यापियो, अवस्था गम्भीर

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ४:१०,

पर्साको वीरगन्जमा आज (शुक्रबार) बिहान १६ वर्षीय दुई किशोर मिलेर  १५ वर्षीया किशोरीलाई एसिड छ्यापेका छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ६:१० बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ६, गणेशचोेकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड छ्यापिएको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३, का रसुल अलीकी छोरी मुस्कान वीरगन्जकै वडा नम्बर ३, छप्कैयास्थित मामाको घरमा बसेर स्थानीय हनुमान माविमा कक्षा ९ मा पढ्छिन्।

विद्यालय जाने क्रममा उनलाई वीरगन्जकै वडा नम्बर २, छप्कैयाका १६ वर्षीय सम्साद आलम र १६ वर्षकै माजिद आलम मिलेर बिहानै एसिड छ्यापेका हुन्।

तेजाब प्रहारबाट घाइते भएकी खातुनकाे उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको छ।

तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

एसिड छ्यापेर फरार भएका दुई मध्ये मुख्य अभियुक्त साम्सद आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

samsad 2
मुख्य अभियुक्त सम्साद आलम

अर्का अभियुक्तको पनि खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। एसिड प्रहार गर्नुकाे कारण थाहा हुन सकेकाे छैन। 

घटनाबारे अनुसन्धान भइरहेकाे पर्सा प्रहरीले जनाएकाे छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .