काठमाडौँको लैनचौरस्थित नेपाल इन्भेष्टमेन्ट बैँकको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
घटना बिहीबार बिहान भएको हो।
बैँकको शौचालयको सेफ्टी ट्यांकी सफा गर्नेक्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
घटनामा दोलखा घर भइ हाल ठमेल बस्दै आएका ३५ वर्षीय केशव गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
करेन्ट लाग्दा गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया