समाज


कर्णालीका पूर्वमन्त्री खत्री पाटन उच्च अदालतमा उपस्थित

कर्णालीका पूर्वमन्त्री खत्री पाटन उच्च अदालतमा उपस्थित

नेपालखबर
भदौ १८, २०७६ बुधबार ६:२४,

उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएका कर्णाली प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री बुधबार अदालतमा उपस्थित भएका छन्। कर्णालीका पूर्वमन्त्री खत्री अदालतको वाणिज्य इजलासमा उपस्थित भएका हुन्।

अदालतले भदौ १ सम्म खत्रीलाई उपस्थित गराउन प्रहरीलाई भने पनि खत्रीले अदालती म्याद कटाउँदै आएका थिए। अदालतले उनलाई पक्राउ गरेर भए पनि उपस्थित गराउन भनेको थियो।

यसअघि नै गत साउन ३० मा खत्रीलाई पदबाट बर्खास्त गरिएको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनको जिम्मेवारी खिचेर नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेका थिए।

मन्त्री खत्रीसहितका पाँच जनाले १ करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गर्न आदेश दिएको थियो।

उनीविरुद्ध फर्जी बैंक ग्यारेन्टी बसेको आरोप लागेको छ। उनी पूर्वएमालेका सुर्खेतका नेता हुन्।

याे पनिः कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त

कर्णालीका पूर्वमन्त्री खत्रीलाई प्रहरीले अदालत लान सकेन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .