ad ad

समाज


गाई मरेको घटनाबारे अध्ययन गर्न सरकार र नागरिकले बनाए छुट्टाछुट्टै समिति

गाई मरेको घटनाबारे अध्ययन गर्न सरकार र नागरिकले बनाए छुट्टाछुट्टै समिति

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ९:१०,

विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ।

समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले जानकारी दिए। समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार सिजापति, बाबा योगीराज, मोहन लामा, अर्जुन शिवाकोटी, बद्री भट्टराई र रोहित गौतम सदस्य रहेका छन्।

अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्कनेगरी अख्तियारी दिइएको छ।

सरकारले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ।

समितिमा १००८ स्वामी भागवताचार्य, राष्ट्रिय धर्मसभाका महासचिव पुष्पराज पुरुष, महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष प्रवीण घिमिरे, महासचिव गणेशप्रसाद नेउपाने, सचिव ज्योत्स्ना साउद र सहकोषाध्यक्ष विदुरप्रसाद भण्डारी रहेका छन्।

महासंघले सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार एवं पूर्व सभामुख तारानाथ रानाभाटको उपस्थितिमा बसेको बैठकले दुवै समिति गठन गरेको हो। सो अवसरमा पूर्व सभामुख रानाभाटले घटनाको वास्तविकता पत्ता लगाउन दुवै समितिले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .