ad ad

समाज


दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ३:४६,

दाङको देउखुरीमा सोमबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने लमही भालुबाङ सडकखण्डको पिपरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घोराही उपमहानगरपालिका-१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका-४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा राप्ती गाउँपालिका-८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .