ad ad

समाज


गौहत्या गरेको भन्दै मेयर राणामाथि जाइलागे पशुप्रेमी संस्था

गौहत्या गरेको भन्दै मेयर राणामाथि जाइलागे पशुप्रेमी संस्था

नेपालखबर
भदौ १६, २०७६ सोमबार ९:३४,

नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दाबी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कारबाही गर्न माग गरेको छ। 

एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न मेयर राणालाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सुर्खेतमा गरिएको सो गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कारर्बाही गर्न सरकारलाई सचेत गराए।

अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कारबाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए। त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ। 

नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .