कला


बाग्लुङको ‘नाच्नेडाँडा’मा तीज महोत्सव

बाग्लुङको ‘नाच्नेडाँडा’मा तीज महोत्सव

नेपालखबर
भदौ १६, २०७६ सोमबार ९:४९,

बाग्लुङको गलकोटमा ‘तीज महोत्सव २०७६’ आयोजा गरिएको छ। नाच्नेडाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको महोत्सव ‘लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डॉडाको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ’ आइतबारदेखि सुरु गरिएको हो।

महोत्सवको पहिलो दिन खुल्ला एकल नृत्य, सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक कोपिला खडकाले जानकारी दिए। त्यस्तै कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुको सामुहिक खुल्ला नाचगान प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपाल बैंक लिमिटेड गलकोट शाखाका प्रमुख देवी थापा बोहोराले महिलाहरु शिक्षित र चेतनशिल नभएसम्म देशको समृद्वि नहुने बताइन्।

nachnedada3

तीजको मौलिक कला संस्कृतिको संरक्षण सम्वर्दन सॅगै गलकोट क्षेत्रकै ऐतिहॉसिक महत्व बोकेको धार्मिक तथा ऐतिहॉसिक स्थल नाच्ने डॉडाको संरक्षण सम्वर्दन गर्दै शिद्वेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नाच्ने डॉडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सह(सचिव थम्मन थापाले जानकारी दिए।

तीजको अवसर पारेर आयोजना गरिएको महोत्सवमा बृहत तीज गीत तथा नृत्य प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य, खुल्ला तीज नाचगान, विभिन्न विधामा महिला अभिनन्दन, प्रायोजक तथा सहयोगदाता सम्मान सॅगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहुरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोदोरी गायिका फुलमाया केसी, चर्चित लोक दोहोरी गायक रेशम निर्दोश लगायतका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहने महोत्सव आयोजक मुल समारोह समितिले जनाएको छ। नाच्ने डॉडामा झण्डै २ सय वर्ष पहिले देखि तीज मेला हुॅदै आईरहेको छ।

 nachnedada1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .