समाज


कतार एयरवेजको विमानमा चरा ठोक्कियो

कतार एयरवेजको  विमानमा चरा ठोक्कियो

नेपालखबर
भदौ १५, २०७६ आइतबार ८:२१,

त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा चरा ठोक्किएको छ।

आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारबको दोहा उडने तयारीमा रहेको कतार एयरवेजको विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको हो।

कतार एयरवेजको क्युआर ६४५ विमानमा धावनमार्गमै चरो ठोक्किएको हो।

उड्ने तयारी गरिरहेको जहाजमा धावनमार्गमै चरा ठोक्किएपछि उडान रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

चरा ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच थालेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए।

अहिले विमानस्थल भने सुचारु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .