समाज


भाइरलका कारण शिक्षक बिरामी हुँदा विद्यालय नै बन्द

भाइरलका कारण शिक्षक बिरामी हुँदा विद्यालय नै बन्द

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ७:१९,

कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ।

भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको अस्पतालले जनाएको छ।

उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले अस्पताल आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए। ‘दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्’, उनले भनेऽ ‘तीमध्ये आधाजति भाइरलका बिरामी छन्।’ साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए।

त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ। भीमदत्तनगरका बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको चाप बढेको छ। शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालयमा अध्यापनरत दुई शिक्षिका र एक शिक्षक बिरामी परेकाले गत बिहीबारदेखि दुई दिनका लागि स्कूल बन्द गरिएको छ।

‘स्कूलमा भएजतिका सबै शिक्षक÷शिक्षिका बिरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कुँवरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad