प्रविधि


अब आईफोन मर्मत गर्न र पार्टपुर्जा फेर्न सहज हुने !

अब आईफोन मर्मत गर्न र पार्टपुर्जा फेर्न सहज हुने !

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ७:१,

आईफोन निर्माता कम्पनी एप्पलले यसअघिको आफ्नै अडान छाड्दै स्वतन्त्र पसलहरुलाई पनि आईफोनका पार्टपुर्जा आपूर्ति गर्ने भएको छ। एप्पलले रिपेयर पार्टपुर्जा स्वतन्त्र पसलहरुलाई समेत उपलब्ध गराउने बिहीबार जनाएको हो।

यसअघि एप्पलले कम्पनीका आधिकारिक सेवा प्रदायकलाई मात्रै पार्टपुर्जा उपलब्ध गराउँदै आएको थियो। यसबारे एप्पलले अमेरिकाको क्यालिफोर्नियामा मुद्दाको समेत सामना गरेको थियो। क्यालिफोर्नियामा राइट टु रिपेयर विधेयक प्रस्ताव गरिएको छ, जसको कारण एप्पलले रिपेयर सूचना र पार्टपुर्जा मोबाइल बोक्ने र मोबाइल मर्मतसम्भार गर्ने ‘रिपेयर शप’लाई उपलब्ध गराउनुपर्नेछ।

यद्यपि नयाँ कार्यक्रमअनुसार त्यस्ता पसलहरुले एप्पलले प्रमाणित गरेको प्राविधिक हुनुपर्नेछ। जसलाई कम्पनीले तालिम दिएको हुन्छ। यस्तो मर्मतसम्भार एप्पलको वारेन्टीमा नपर्ने पनि कम्पनीले स्पष्ट पारेको छ। स्वतन्त्र सेवाप्रदायकले आफ्नै वारेन्टी दिनुपर्ने हुन्छ। सुरुमा यो कार्यक्रम अमेरिकामा मात्रै लागू हुनेछ। यसको लागि एप्पलले परीक्षण कार्यक्रम समेत सफलतापूर्वक चलाइसकेको जनाएको छ। उत्तर अमेरिका, युरोप र एसियामा यस्तो कार्यक्रम गरेको हो।

एप्पलका प्रमुख सञ्चालन अधिकृत जेफ विलियम्सका अनुसार मर्मत आवश्यक भएको खण्डमा त्यस्ता ग्राहकले आफ्नो डिभाइसको मर्मत राम्रोसँग हुँदै छ भन्नेमा विश्वस्त हुनुपर्नेछ। एप्पलले मर्मतसम्भारलाई सहजीकरण गर्नका लागि सहज प्रक्रिया नबनाएको भन्दै यसअघि आलोचना हुँदै आएको छ। गत जुनमा पनि एप्पलले केही मर्मतसम्भारका लागि सबै अमेरिकी बेस्ट बाई स्टोरलाई अनुमति दिने बताएको थियो। सीएनबीसीबाट अनुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad