समाज


तीन महिनामै भासियो कालोपत्रे सडक

तीन महिनामै भासियो कालोपत्रे सडक

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ४:५४,

ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ।

भीमदत्त नगरपालिका ८ र १० नजिकको खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो।

वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए। तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उनले जानकारी दिए।

“ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ,” अधिकारीले भने, ‘दुई दिनभित्रै भाँसिएको सडक निर्माणको कार्य हुनेछ।’

२१ करोड चार लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो। विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad