ad ad

समाज


पुडासैनी आत्महत्या प्रकरणः पत्रकार कँडेलको बयान हुँदै

पुडासैनी आत्महत्या प्रकरणः पत्रकार कँडेलको बयान हुँदै

नेपालखबर
भदौ ९, २०७६ सोमबार ६:४८,

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेलको बयान सुरु भएको छ।

सोमबार मध्यान्न जिल्ला अदालत चितवनमा पत्रकार कँडेलको बयान सुरु भएको हो।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोमा प्रहरीले ‘सिधा कुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

सरकारी वकिलको कार्यालयले आइतबार तीनै जनालाई बयानका लागि अदालतमा पेस गरेको भए पनि आइतबार कार्कीको मात्रै बयान सकिएका कारण सोमबार कँडेल बयान सुरु भएको हो। 

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान सुरु गरिने छ।

त्यसलगत्तै थुनछेक बहस शुरु हुने उहाँले जानकारी दिनुभयो । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच÷पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो। बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ।

 पक्राउ परेकाहरुको समर्थनमा आइतबार प्रदर्शन भएपछि आज स्थानीय प्रशासनले अदालत र आसपासमा निषेधित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिँडडुल गर्न रोक लगाएको छ।

कडा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा समर्थक जम्मा हुने क्रम सुृरु भएको छ। मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो। गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .