ad ad

समाज


सडक भासिएपछि पासाङलामु राजमार्ग अवरुद्ध

सडक भासिएपछि पासाङलामु राजमार्ग अवरुद्ध

नेपालखबर
भदौ ८, २०७६ आइतबार १४:३,

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको ब्राबलभिरमा वर्षाका कारण तारजालीको टेवा पर्खाल पुरिँदा पासाङलामु राजमार्ग आइतबार अपरान्ह्देखि बन्द भएको छ।

प्रुमख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आज बिहानैदेखि एक्कासी क्रमश दब्दै गएपछि त्यसको सामान्य मर्मतबाट केही यातायात सञ्चालन गरिए पनि सडकको सतह भासिएपछि यातयात बन्द भएको छ।

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अल्लपत्र परेका छन्। सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरबाट सडकको भित्ता फोरेर सडक खुलाउने प्रसास भइरहेको छ। सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीसमेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .