ad ad

समाज


कोरियन भाषा पढ्न बसेका विद्यार्थीको रहस्यमय मृत्यु, भएन अनुसन्धान

कोरियन भाषा पढ्न बसेका विद्यार्थीको रहस्यमय मृत्यु, भएन अनुसन्धान

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ८:३७,

राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेका विद्यार्थीको कीर्तिपुरस्थित भ्याली इन्टिच्युटमा भएको मृत्युबारे प्रहरीले छानबिन नगरेकोप्रति गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भने, ‘सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन। म यस कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद श्रेष्ठका अनुसार जैसी कोरियन भाषा सिक्न बसेको भ्याली इन्टिच्युट कीर्तिपुरका सञ्चालकका छोरा हराएपछि जैसीलाई दोष लगाइएको थियो। प्रहरीले पक्राउ गरेर २४ घण्टा अुनसन्धान गर्दा आरोप लगाउने कुनै पनि आधार नभएको जनाएको थियो।

विद्यार्थी जैसी निर्दोष छन् भनेर प्रहरीले छाडेको थियो। अनुसन्धानपछि प्रहरीले जैसीलाई गत साउन २७ गते छाडेको थियो।

प्रहरीले छाडेको तीन दिनभित्र जैसीको एकाएक मृत्यु भएको हो। परिवारले आरोपितको नाम राखेर प्रहरीमा किटानी जाहेरी दिँदा पनि छानविन गरेको छैन। सांसद श्रेष्ठले भने, ‘किटानी जाहेरी परेका व्यक्तिका बारेमा किन छानबिन हुन सकेनरु म त्यो कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .