ad ad

समाज


सडकबाट ५ सय मिटर तल खस्यो जिप, दुई किशोर किशोरीको मृत्यु

सडकबाट ५ सय मिटर तल खस्यो जिप, दुई किशोर किशोरीको मृत्यु

नेपालखबर
असार १७, २०७८ बिहिबार २:५८,

म्याग्दीको मंगला गाउँपालिका-२ मिठौलामा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट तल खस्दा थप छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईका अनुसार दुर्घटनामा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया किशोरी सबिना भण्डारी र १५ वर्षका किशोर विमल विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारको लागि बेनी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै मंगला गाउँपालिका-१ का बासिन्दा हुन्।

दुर्घटनामा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइली घाइते भएका छन्। घुम्तीसहितको साँघुरो सडकमा तीव्र गतिले गाडी चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको छ। राति सवा आठ बजेतिर दुर्घटना भएको यात्रुहरुले बताएका छन्।

घाइतेलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए । सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो।

कोरोना सङ्क्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मङ्गला–१ स्थित कुहुँलाई सिल गरिएको थियो।

दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो । दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .