भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिन कोरोना भाइरसका अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७) विरुद्ध पनि प्रभावकारी देखिएको एक अध्ययनले दाबी गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाको शीर्ष स्वास्थ्य अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को अध्ययनबाट कोभ्याक्सिन कोरोनाका भेरिएन्ट अल्फा र डेल्टाविरुद्ध पनि प्रभावकारी देखिएको हो।
एनआईएचले कोभ्याक्सिन लगाएका मानिसको रगत सम्बन्धमा दुइटा अध्ययन गरेको थियो। जसबाट यो भ्याक्सिन अल्फा र डेल्टा भेरिएन्ट नष्ट गर्ने एन्टिबडी उत्पादन गर्न सक्षम रहेको तथ्य पत्ता लागेको हो।
भारतमा जारी कोरोना महामारीको दोस्रो लहर यिनै दुई भेरिएन्टका कारण बढी खतरनाक बनेको बताइएको छ।
कोरोनाका यी भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भइसकेको छ।
यस्तै कोभ्याक्सिन कोरोनाबाट हुने गम्भीर संक्रमण रोक्न शतप्रतिशत नै प्रभावकारी देखिएको दाबी पनि अमेरिकी अनुसन्धानकर्ताले गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आगामी जुलाई महिनासम्ममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आम प्रयोगका लागि कोभ्याक्सिनलाई अनुमति दिने सम्भावना छ।
Shares

प्रतिक्रिया