समाज


२ हजार ४४४ संक्रमित थपिए, ३ हजार ८५३ निको भए

२ हजार ४४४ संक्रमित थपिए, ३ हजार ८५३ निको भए

नेपालखबर
असार १४, २०७८ सोमबार १०:४४,

गएको २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

११ हजार ६४० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

यो अवधिमा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन्।

आज ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ९ हजार ५१ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ५१६ जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौं ३५५, ललितपुर ११२ र भक्तपुर ४९ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad