मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान सुरु गरेका छन्।
डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रमबाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका हुन्।
मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपण गरिएको छ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कडेलले जानकारी दिएका छन।
अभियानको शुराम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका थिए।
धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोलगायको उपस्थिति थियो।

प्रतिक्रिया