भारतको लोनी जिल्लामा आइतबार राति लुटेराको समूहले कपडा व्यवसायीको घरभित्र पसेर उनीसहित परिवारका ३ जनाको हत्या गरेको छ। एक जनलाई गम्भीर घाइते बनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गाजियाबादसँग जोडिएको लोनी जिल्लाको कोतवालीमा पर्ने टोली महल्लास्थित कपडा व्यापारी रियाजुद्दिनको घरको छतबाट आइतबार राति भित्र पसेको अज्ञात समूहले लुटपाटका साथै उनी, उनका छोराद्वय इमरान र अजहरुद्दिनको हत्या गरेका हुन्।
लुटेरा समूहले गोली हानेर उनीहरूको हत्या गरेको हो। व्यापारी रियाजुद्दिनकी पत्नी फातिमा भने गम्भीर घाइते भएकी छन्।
घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रतिक्रिया