ad ad

समाज


एउटै ट्रयाक्टरबाट फरक ठाउँमा दुई घटना, दुई बालिकाको मृत्यु

एउटै ट्रयाक्टरबाट फरक ठाउँमा दुई घटना, दुई बालिकाको मृत्यु

नेपालखबर
असार १३, २०७८ आइतबार ०:३४,

सप्तरीमा एउटै ट्रयाक्टरले सडकमा दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ। एउटी बालिकालाई ठक्कर दिएर भागेको ना ७ प ५४९५ नम्बरको ट्रयाक्टरको ठक्करबाट अर्की बालिकाको पनि मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरमा ना ७ प ५४९५ नम्बरको ट्याङकरले सुरुमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यो घटनामा मोटरसाइकलको पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टरको ठक्करबाट मृतक बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन्। मामाले चलाएको मोटरसाइकलमा आमाछोरी सवार थिए।

तीन जनालाई ठक्कर दिएर भागेको सोही ट्रयाक्टरले दुई किलोमिटर अगाडी चाँदनी चोकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ वर्षीया सुमैया प्रविणको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेहरुको ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि ट्रयाक्टर चालक फरार छन्।

पहिलो घटनामा ठक्कर दिएर भाग्न खोज्दा चालकले ट्रयाक्टरको नियन्त्रण गुमाएको कारणले दोश्रो घटना भएको अनुमान गरिएको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए।

घटनापछि स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्। उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिन र चालकलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .