समाज


थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

नेपालखबर
असार १२, २०७८ शनिबार १२:१९,

काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ।

थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको आज मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन्। घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .