समाज


रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट छः ज्योति मगर

रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट छः ज्योति मगर

नेपालखबर
असार ११, २०७८ शुक्रबार ११:४८,

कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट भएकाले कुरा नबंग्याउन चेतावनी दिएकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन्।

‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन्। जति नै तर्क वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा सुनार कामी भाकै कारण प्रधानको घरमा कोठा नपाको प्रस्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना हुनु निन्दनीय र अमानवीय हो।’

जो चोर उसकै ठूलो स्वर भनेजसरी सामाजिक सञ्जालमा दलितलाई गाली गरिएको भन्दै कलाकार मगरले सके सत्यको पक्ष लिनु नसके झुटोलाई साथ नदिन आग्रह गरेकी छन्।

‘कति बकम्फुसे तर्क गरेको हौ फेसबुकमा,’ उनले लेखेकी छन्, ‘सक्छौ सहीलाई साथ देऊ, सक्दैनौ गलतलाई पनि साथ नदेऊ।’

jyoti status

यो पनि :

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad