ad ad

समाज


अमेरिकामा १२ तले भवन ढल्यो, ९९ जना बेपत्ता

अमेरिकामा १२ तले भवन ढल्यो, ९९ जना बेपत्ता

नेपालखबर
असार ११, २०७८ शुक्रबार २:१०,

संयुक्त राज्य अमेरिकामा बिहीबार १२ तले भवन भत्किँदा त्यसभित्र रहेका ९९ जना सम्पर्कविहीन भएका छन्।

बीबीसीका अनुसार भवनले चेपेर एक जनाको मृत्यु पुष्टि भएको छ भने ९९ मानिस क्षतिग्रस्त भवनले पुरिएको आशंका गरिएको छ।

12tale dhalekoभत्केपछिको त्यो १२ तले भवन।

त्यसमा ल्याटिन अमेरिकी आप्रवासी पनि धेरै जना परेका छन्।

मायामीका मेयरले उद्धारका लागि केन्द्रीय सरकारसँग सहयोग मागेका छन्।

मायामी डेडकी मेयर डेनीयला लेभिन काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्।

फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए।

फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट संकटकाल घोषणा आफूले कुरिरहेको र फिमा भनिने संघीय आपतकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जानकारी दिएका छन्।

स्थानीयले विस्फोटजस्तो आवाज आएको सुनिएको बताए पनि भवन ढल्नाको कारण थाहा हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .