समाज


भारतमा दैनिक संक्रमितको संख्या ५० हजारमा झर्‍यो, कुल संक्रमित संख्या भने तीन करोड नाघ्यो

भारतमा दैनिक संक्रमितको संख्या ५० हजारमा झर्‍यो, कुल संक्रमित संख्या भने तीन करोड नाघ्यो

नेपालखबर
असार ९, २०७८ बुधबार ८:५१,

त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

कुल संक्रमितमध्ये एक करोड भने पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ। योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ।

महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको सङ्ख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ।

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गइरहेको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख ४३ हजार १९४ रहेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अहिले कम हुदै गएको हो।

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ। योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ। पीटीआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad