दुवै डोज खोप लगाएता पनि उनीहरुमा कोरोनाको संक्रमण देखिएको राज्यस्थित स्वास्थ्य विभागलाई उदृत गर्दै फक्स न्युजले जनाएको छ।
सो राज्यमा हालसम्म ७ लाख ९ हजारमा कोरोना पुष्टि भएको छ। यस्तै त्यहाँ हालसम्म १७ हजार ९७७ कोरोना संक्रमितको ज्यान गएको छ।
त्यहाँ कोरोना खोप कार्यक्रम जारी छ। हालसम्म ४१ लाख ४० हजारले दुवै डोज खोप लगाउँदा त्यहाँ हालसम्म चार हजार पुरा खोप लगाउनेमा कोरोना देखिएको छ।
स्वास्थ्य अधिकारीहरुका अनुसार हालसम्म सत प्रतिशत कोरोना रोक्ने खोप विश्वमा बनेको छैन। तर खोप लगाउनेमा कोरोना संक्रमण हुने सम्भावना अत्यन्त न्यून हुन्छ।
3
Shares

प्रतिक्रिया