ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई आज कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिँदै छ। महानगर क्षेत्रका ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ।
त्यसका लागि नगर क्षेत्रमा ८ वटा केन्द्र निर्धारण गरिएको छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सूचना निकालेर आफ्ना २२ सय जेष्ठ नागरिकलाई खोपको दोस्रो मात्रा दिन लागिएको जानकारी गराएको हो। जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त कोभिशिल्डको २५ सयमध्ये २२ सय डोज खोप वडा कार्यालयको सिफारिसमा ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई दिन लागिएको हो।
बाँकी ३ सय खोप स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया